प्रशान्त सिंहले छाडे डा.भट्टराईको साथ
ratopati.com
जनता समाजवादी पार्टी जसपा मा डा बाबुराम भट्टराई एक्लिँदै गएका छन् । नयाँ शक्ति बनाएदेखि सँगै रहेका प्रशान्त सिंहले पनि डा भट्टराईको साथ छाडेका हुन् ।
उनी जसपाको केन्द्रीय सदस्य समेत हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ,‘म पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईसंग राजनितिक रुपले सम्बन्ध बिच्छेद गरेको घोषणा गर्दछु। म उहा तथा मेरा अग्रज तथा समकक्षीहरु द्वारा मलाई नयाँ शक्ति पार्टी तथा जनता समाजवादी पार्टीका विभिन्न जिम्मेवारी (पूर्ण पदहरुमा बस्दा दिइएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु। म डा.भट्टराईद्वारा निर्मित भइरहेको नया पार्टी ९सम्भवतः नेपाल समाजवादी पार्टी) मा नबस्ने निर्णयमा पुगेको छु। आउने दिनहरुमा नेपाल भित्र ‘सफा’ र परिणाममुखी राजनीतिको निर्माण तथा विकासमा म आफ्नो बल र क्षमताले पुगे सम्मको प्रयास गरी रहनेछु। धन्यवाद।’ डा भट्टराईले नयाँ शक्ति बनाएदेखि सिंहले महत्त्वपूर्ण जिम्मेवारीमा रहेर सहयोग गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)