गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको पदपूर्तिमा राजनीतिक हस्तक्षेप नगर्न रास्वपाको निर्देशन
ratopati.com · Wed Sep 23 13:17:20 GMT 2026

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाको जनशक्ति पदपूर्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
विश्वविद्यालयका उपकुलपतिलाई पत्र पठाउँदै पदपूर्ति प्रक्रिया प्रचलित कानुन, नियम तथा निर्धारित मापदण्डअनुसार निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक ढङ्गले अघि बढाउनुपर्ने रास्वपा सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोषराज जोशीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)