अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी
nepallive.com · Wed Sep 23 13:18:23 GMT 2026

काठमाडौं– जलविद्युत् आयोजनाको सेयर संरचनामा अब विपद् उद्धारमा खटिने सुरक्षाकर्मीलाई पनि समेट्ने तयारी सरकारले गरेको छ। सरकारले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर छुट्याएजस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि पनि २ प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था अघि बढाएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा सुरक्षित गर्ने गरी आवश्यक कानुनी तथा नीतिगत प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)