भारी वर्षा र विपद् पूर्वतयारीका लागि ७७ वटै जिल्लाका सिडीओहरूसँग उच्चस्तरीय छलफल
kendrabindu.com · Wed Sep 23 13:18:13 GMT 2026

काठमाडाैं । यही असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने जोखिमको पूर्वतयारीका सन्दर्भमा आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग महत्त्वपूर्ण छलफल सम्पन्न भएको छ।
गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको उक्त छलफलमा वर्षाको सम्भावित अवस्था, उच्च जोखिमयुक्त जिल्लाहरूमा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने तथा सवारी आवागमन बन्द गर्नेलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)