मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सदनमा ठग खुट्याउन साह्रो, सडकमा ठगबाट बच्न गाह्रो

Ujyaaloonline.com · Sun May 12 23:28:17 UTC 2024

नाम त बाझाबाझ अधिवेशन हुनुपर्थ्याे, तर देश बनाउँछु भन्नेहरूले बजेट अधिवेशन भने । बजेट अधिवेशन नै भए देशको थैली र नागरिकको खल्ती रित्तो भएको कुरा हुन्थ्यो होला, तर कुरा “तँ ठग कि म ठग” को मात्रै हुन्छ । आफूलाई नेता भन्छन्, तर चोरको कुरा गर्छन् । चोर औँलो ठड्याएर एउटाले भन्छ– तँ सहकारी ठग । अर्को पाखुरा सुर्केर भन्छ– सत्तामा हुँदा ठग्नु ठगेकोले तै ठग । दुवैथरि एकले अर्कोलाई चोर भन्छन् । उनीहरूको कुरा सुन्दा सुन्दै आफूलाई चाहिँ असली चोर यिनै पो हुन् कि जस्तो लाग्न थालेको धेरै भो । यति ठूला मान्छे चोर त नहोलान् भनेर मन बुझाउन खोज्यो फेरि दुवैथरि एकले अर्कोलाई ठूलो स्वरमा चोरको बात लाउँछन् । जो चोर उसकै ठूलो स्वर भन्ने उखान सुनेको हो । तर दुवैथरिको स्वर ठूलो छ । अनि कुन सक्कली र कुन नक्कली भनेर असली चोर कसरी छुट्याउनु !?

हातको चार औँला आफूतिर र एक औँलो अर्कोतिर देखाएर तँ नै ठग भनेर वादविवाद गरिरहेकाहरू कुन चाहिँ पानीमाथिको ओभानो छन् भन्ने त जगजागेर नै छ । संसदमा हाजिर गर्ने, भत्ता कमाउने, अनि काम छोडेर बाझाबाझ गर्ने सबै ठग नै हुनुपर्ने हो । तर कुहिएको आलुको थुप्रोमा कुन सद्दे, कुन बिग्रिएको भनेर छुट्याउन गाह्रो भएझैँ सदनमा को ठग हो, को हैन भनेर छुट्याउनै मुश्किल छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)