बार्सिलोनाको शानदार जित, पुनः लालिगा तालिकाको शीर्षस्थानमा
ratopati.com · Sun Jan 25 17:24:03 GMT 2026
काठमाडौँ । बार्सिलोनाले ओभिएडोविरुद्ध ३–० को शानदार जित निकाल्दै लालिगा तालिकाको पहिलो स्थान पुनः आफ्नो कब्जामा लिएको छ । घरेलु मैदानमा भएको खेलमा बार्साले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै विपक्षीमाथि पूर्ण दबाब बनायो र नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलको दोस्रो हाफमा बार्सिलोनाले गोलको खाता खोल्यो । ५२औँ मिनेटमा डानी ओल्मोले उत्कृष्ट फिनिस गर्दै टोलीलाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि नै राफिन्हाले गोल थप्दै बार्सिलोनाको पकड बलियो बनाए । खेलको ७३औँ मिनेटमा युवा प्रतिभा लामिन यामालले गोल गर्दै जितलाई थप आकर्षक बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)