ब्राजिलको एक कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु
barnanmedia.com · Wed Aug 13 22:25:26 GMT 2025

ब्राजिलका अधिकारीहरूले दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा छ जना पुरुष र तीन जना महिलासहित नौ जनाको मृत्यु भएको जनाएका छन् ।
अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपर सम्मका भवनहरू क्षतिग्रस्त भएको बताउनुभएको छ । ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)