विपद्मा सतर्क रहन कोशी सरकारको आह्वान, पूर्वतयारी चुस्त पारिएको दाबी
ratopati.com · Wed Sep 23 13:26:03 GMT 2026

विराटनगर। जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशसहित देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना औँल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै कोशी प्रदेश सरकारले विपद् व्यवस्थापन र उद्धारका लागि पूर्वतयारीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
मौसम पूर्वानुमान अनुसार सम्भावित बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले प्रदेश संयन्त्र पूर्ण तयारी अवस्थामा रहेको बताउँदै सर्वसाधारणलाई सुरक्षित र सचेत रहन विशेष आह्वान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)