अति भारी वर्षाको चेतावनी : तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
baahrakhari.com · Wed Sep 23 13:29:56 GMT 2026

काठमाडौं । भारीदेखि अति भारी वर्षाको चेतावनी भएका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित जोखिमको सामना गर्नसक्ने गरी तयारी अवस्थामा रहन अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।
जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार थप वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)