माओवादीमा प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन प्रस्ताव
ekantipur.com · Wed Feb 14 01:03:22 GMT 2024
काठमाडौँ — माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन विधिको प्रस्ताव गरेका छन् । माओवादीको पहिलो विधान अधिवेशनमा मस्यौदा प्रस्ताव गर्दै उनले प्रत्यक्ष निर्वाचनको विधिमा जानु अहिलेको आवश्यकता भएको बताए ।
काठमाडौंमा मंगलबारदेखि सुरु भएको अधिवेशनमा प्रस्तुत विधानमा ५१ प्रतिशत खुला र ४९ प्रतिशत समावेशी संगठन संरचनाको प्रस्ताव गरिएको छ । प्रस्तावित विधानमा प्रत्यक्ष निर्वाचन विधि उल्लेख छैन तर विधानमाथि २० समूहले सुझाव दिएपछि यसलाई अन्तिम रूप दिइने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)