बाढी आउनुअघि बैदीमा बज्यो सचेतनाको माइक, जोखिमयुक्त बस्तीमा पूर्वसूचना
nepalpress.com · Wed Sep 23 13:36:23 GMT 2026

कैलाली । सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै कैलालीको टीकापुर नगरपालिका–७ बैदीमा स्थानीयस्तरमा पूर्वसूचना अभियान सञ्चालन गरिएको छ। असोज ९ गतेदेखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानपछि जोखिमयुक्त बस्तीमा माइकिङमार्फत स्थानीयवासीलाई सचेत गराइएको हो ।
जल तथा मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनलाई आधार बनाएर विपद् व्यवस्थापन समिति बैदीको पूर्वसूचना उपसमितिले ढुंगानाटोल, माझगाउँ, हुलाकीटोल, खयरझाला, डाँडाटोल र कुन्तीपुरलगायतका क्षेत्रमा पुगेर सम्भावित बाढी, डुबान, पहिरोबारे जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)