मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या २२७ पुग्यो ः संयुक्त राष्ट्रसंघ

barnanmedia.com · Wed Aug 13 22:42:19 GMT 2025

गाजाका स्वास्थ्य अधिकारीहरूले पछिल्ला २४ घण्टामा कुपोषण र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी दिनुभएका छन् । यससँगै गत वर्षको अक्टोबर महिनादेखि हालसम्म कुपोषणसम्बन्धी मृत्यु हुनेको संख्या २२७ पुगेको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले मङ्गलबार जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले दैनिक पत्रकार सम्मेलनमा बताएअनुसार, मृत्यु हुनेमध्ये १०३ जना बालबालिका रहेका छन् । विश्व खाद्य कार्यक्रम (वल्र्ड फुड प्रोग्राम) ले गाजामा अहिलेको अवस्थालाई सङ्घर्ष सुरु भएयताकै सबैभन्दा गम्भीर भोकमरी र कुपोषणको अवस्था भनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)