काभ्रे प्रहरीद्वारा १० क्विन्टल चिनी बरामद
ekantipur.com · Thu Nov 02 16:57:11 GMT 2023
काभ्रे — अवैध रुपमा ल्याएको करिब १० क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेभन्ज्याङमा प्रहरी र ट्राफिकले सवारी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पूर्वका विभिन्न जिल्लाबाट बीपी राजमार्ग भई काठमाडौं भित्रिने सवारी जाँच गर्दा बोरामा सानो पोको बनाइ लुकाइछिपाइ अवैध रुपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बीपी राजमार्गमा चल्ने सवारी साधनमा अवैधरुपमा चिनीको ओसारपसार भइरहेको सूचना प्राप्त हुनासाथ प्रहरी र ट्राफिकले सवारी जाँचलाई कडा पारिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)