चिनियाँ राष्ट्रपति सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने
ratopati.com · Wed Sep 23 13:42:57 GMT 2026

न्युयोर्क । चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँलाई विमानस्थलमै पुगेर स्वागत गर्नेछन् । सामान्यतया विदेशी नेतालाई ह्वाइट हाउसमा स्वागत गर्ने अभ्यास रहेकामा ट्रम्पले जोइन्ट बेस एन्ड्रयुजको धावनमार्ग मै सीलाई स्वागत गर्न लागेका हुन् ।
ट्रम्पको यो निर्णयले एक दशकभन्दा बढी समयपछि पहिलो पटक अमेरिकाको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिलाई दिइएको उच्च प्राथमिकता देखाउँछ । ह्वाइट हाउसका अनुसार ट्रम्पले सी र उनकी पत्नी पेङ लियुआनसँगै सैन्य आधारमा आगमन समारोहमा सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)