बागलुङमा डेङ्गु खोज तथा नष्ट अभियान
ratopati.com · Wed Sep 23 13:43:04 GMT 2026

बागलुङ । बागलुङ बजार क्षेत्रमा दिनप्रति दिन डेङ्गु संक्रमितको संख्या बढेपछि खोज तथा नष्ट अभियान चलाइएको छ । दुई महिनाको अवधिमा करिब १६ सय नागरिक संक्रमित भएपछि बागलुङ नगरपालिका, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ, नेपाल प्रहरीसहितको टोली घर–घर पुगिरहेको छ ।
झाडी, ग्यारेज, बस्ती वरपर जथाभावि राखिएका टायरमा जमेको पानीमा डेङ्गु संक्रमण फैलाउने लामखुट्टेका लार्भा, प्युपा तथा अण्डा भेटिएपछि नष्ट गर्न थालिएको छ । नगरपालिकाका विभिन्न वडामा केस–कन्ट्रोल तथा भेक्टर सर्वेक्षणसमेत गरिएको छ । सर्वेक्षण गर्दा फ्रिज, कुलर, जल राख्ने कलश, गमलाको प्लेट र प्रयोग नभएका टायरमा डेङ्गु फैलाउने लामखुट्टेको स्रोत भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)