पर्सामा चक्कु प्रहारबाट १ को मृत्यु
ekantipur.com · Fri May 24 16:54:02 UTC 2024
पर्सा — छिमेकीको चक्कु प्रहारबाट सखुवा प्रसौनी गाउँपालिका-४ ओझैया प्रसौनी टोल बस्ने ५० वर्षीय ललाइ हजरा दुसादको शुक्रबार मृत्यु भएको छ । उनका छिमेकी सुवास हजरा दुसादले नशालु पदार्थ सेवन गरी साँझ ६ बजे ललाइमाथि चक्कु हानेका थिए ।
गम्भीर घाइते भई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा लाँदै गर्दा ललाइको बाटोमै मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)