सिरदली–चौडेनी सडक स्तरोन्नति
barnanmedia.com · Sat Jun 06 23:44:07 GMT 2026

टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ ।
बस्ती क्षेत्रलाई आपसमा जोड्ने मुख्य सडकका रूपमा रहेको यस सडक ग्रामीण जनजीवनका लागि महत्त्वपूर्ण मानिन्छ । वडाले हरेक वर्ष सडक मर्मत तथा स्तरोन्नतिका कार्यलाई प्राथमिकतामा राख्दै आएको छ । करिब नौ किलोमिटर लम्बाइ रहेको उक्त सडकको विस्तारकार्य २०६५ सालदेखि कच्ची सडकका रूपमा सुरु गरिएको थियो । प्रारम्भिक चरणमा सामान्य ट्रयाक खोलिएको सडकलाई पछिल्ला वर्षहरूमा क्रमशः स्तरोन्नति गर्दै ग्राभेल, सोलिङ, नाली निर्माण तथा चौडाइ विस्तारजस्ता कार्य गरिँदै आएको छ । यसले गर्दा अहिले सडक अधिकांश समय सवारीसाधन सञ्चालनयोग्य बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)