भारी वर्षाको पूर्व तयारीका लागि ७७ ओटै जिल्लाका प्रजिअसँग उच्चस्तरीय छलफल
hamrakura.com · Wed Sep 23 00:00:00 GMT 2026

काठमाडौँ । यही असोज ९ गते शुक्रबारदेखि हुन सक्ने भारी वर्षा र त्यसबाट सिर्जना हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा पूर्वतयारीका सन्दर्भमा ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ-सीडीओ) हरूसँग बुधबार उच्चस्तरीय छलफल सम्पन्न भएको छ ।
गृह सचिव केदारनाथ शर्माको प्रमुख आतिथ्यतामा आयोजित बैठकमा वर्षाको सम्भावित अवस्था, उच्च जोखिमयुक्त जिल्लाहरूमा अपनाउनुपर्ने सतर्कता, आम सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्ने संयन्त्र तथा सम्भावित जोखिमका आधारमा सवारी आवागमन नियन्त्रण वा बन्द गर्ने लगायतका विषयमा विस्तृत छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)