लापसे चेकिङमा चारजना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
baahrakhari.com · Fri May 24 17:44:01 UTC 2024

काठमाडौं । ट्राफिक प्रहरीको लागुपदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा चारजना चालकलाई भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ ।
बा ४ ख ९३ ९६ नम्बरका बस चालक सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–२ का ३२ वर्षीय पेमा घेम्सो लामा, बा ५ ख ४० २७ नम्बरका हाइस चालक सिरहाको सिरहा नगरपालिका–६ का २६ वर्षीय देव यादव, बा १ ज ६१ ७४ नम्बरका सुमो चालक उदयपुरका २८ वर्षीय शिव शंखर चौधरी र बा २ ज २३ नम्बरका ट्याक्सी चालक काठमाडौंको बानेश्वर बस्ने ३५ वर्षीय जीवन गिरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)