आईपीएलको फाइनलमा कोलकाता र हैदराबादको भिडन्त पक्का, राजस्थान पराजित
ratopati.com · Fri May 24 18:02:00 UTC 2024
चेन्नई । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा हैदराबाद ३६ रनले विजयी बनेको हो ।
जितका लागि १ सय ७६ रन पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । ध्रुव जुरेलले ३५ बलमा ५६ रन बनाउँदै नटआउट रहे पनि उनले टोलीलाई जित दिलाउन भने सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)