भारी वर्षाको सम्भावनापछि ७७ जिल्लाका सीडीओलाई सतर्क रहन निर्देशन
kendrabindu.com · Wed Sep 23 13:49:47 GMT 2026

काठमाडौं । असोज ८ गतेदेखि हुन सक्ने भारी वर्षाबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ।
गृह सचिव केदारनाथ शर्माको आतिथ्यमा भएको छलफलमा सम्भावित वर्षाको अवस्था, जोखिमयुक्त क्षेत्रमा अपनाउनुपर्ने सतर्कता, सर्वसाधारणलाई पूर्वसूचना दिने तथा आवश्यक परे सवारी आवागमन रोक्नेलगायत विषयमा छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)