ठोस निर्णय र नयाँ पुस्ता जोड्न एमाले सचिव राजन भट्टराईको आग्रह
setopati.com · Wed Sep 23 14:00:47 GMT 2026

नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीलाई गतिशील र प्रभावकारी बनाउन जारी केन्द्रीय कमिटी बैठकबाट विभिन्न महत्वपूर्ण विषयमा स्पष्ट र ठोस निर्णय हुनुपर्ने माग राखेका छन्।
बैठकमा उपलब्ध तीन मिनेटको समयमा धारणा राख्दै सचिव भट्टराईले नेतृत्व तथा पदाधिकारीको कार्यकाल निर्धारण, जनसंगठन सञ्चालन र पुनर्संरचना, उम्मेदवार चयनको पारदर्शी विधि, कमिटी प्रणालीको प्रभावकारिता, युवा तथा महिलाको अर्थपूर्ण सहभागिता एवं नयाँ पुस्ताको प्रवेश र नेतृत्व विकासजस्ता विषयलाई जोड दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)