कामीरिता कीर्तिमानी २९ औं पटक सगरमाथामा
ekantipur.com · Mon May 13 00:06:51 UTC 2024
काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा धेरै २८ औं पटक आरोहण गरिसकेका कामीरिता शेर्पाले आइतबार बिहान पुनः सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमानमा सुधार गरेका छन् । उनी कार्यरत काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले कामीरिता आइतबार बिहान ७ बजेर २५ मिनेटमा शिखरमा पुगेको जानकारी दिँदै भने, ‘उनी सोमबार आधारशिविर आइपुग्नेछन् ।’
यसै सिजनमा दोस्रो पटक पनि सगरमाथा चढ्ने योजना बनाइरहेका कामीरिता आधारशिविर पुगिसकेपछि निर्णय लिने मिङ्माले बताए । ५४ वर्षीय कामीरिताले मौसम अनुकूल भए यसैपालि दोस्रो पटक आरोहण गर्न सक्ने मनसाय बनाएका छन् । मिङ्माका अनुसार, कामीरिताले नेपाली र विदेशी गरी ८ जनाको समूहसहित आइतबार चुचुरो चुमेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)