ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक
nepallive.com · Wed Sep 23 14:06:23 GMT 2026

काठमाडौं– सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम, पोशाक वा चिन्ह प्रयोग गरेर संस्था सञ्चालन गर्ने प्रवृत्तिमाथि सरकारले निगरानी बढाएको छ। गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसँग भ्रम सिर्जना हुने गरी संस्था दर्ता तथा सञ्चालन गर्न नदिने नीति अघि सारेको हो।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो व्यवस्था भएका संस्थाको नवीकरण गर्नुअघि त्यसको विवरण लिएर आवश्यक जाँच गर्न प्रशासन कार्यालयहरूलाई भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)