सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको घोटाला प्रकरणमा नेकपा माओवादी नेता गगन पुरीसहित कर्मचारी दोषी ठहर
barnanmedia.com · Wed Aug 13 23:11:19 GMT 2025

विशेष अदालतले झापा दमकको सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको घोटाला प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता गगन पुरी भनिने रेवतीराज पुरीसहित कर्मचारीहरूलाई भ्रष्टाचारी ठहर गरेको छ।
बुधबार अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले दुई वटा छुट्टाछुट्टै मुद्दामा पुरीलाई भ्रष्टाचारी ठहर गर्दै कैद तथा जरिवाना सुनाएको हो।एउटा मुद्दामा ९ जनालाई दोषी ठहर गरिएको छ भने अर्को मुद्दामा १० जनालाई दोषी ठहर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)