भारी वर्षाको प्रक्षेपणपछि कुलेखानीमा निगरानी
ratopati.com · Wed Sep 23 14:14:27 GMT 2026

हेटौँडा । आगामी ५ दिन भारी वर्षाको सम्भावनाको प्रक्षेपणपछि मकवानपुरको कुलेखानीमा निगरानी बढाइएको छ । सम्भावित जोखिमको मूल्यांकन गष्र्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वर्षाको प्रक्षेपणपछि कुलेखानी जलाशयमा निगरानी बढाएको हो ।
वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी अनुसार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वको टोलीले कुलेखानी जलाशय तथा सिस्नेरी क्षेत्रको निरीक्षण गरेको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कुलेखानी जलाशय र राष्ट्रिय राजमार्ग क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)