आधारभूत सेयरधनीले सेयर बेच्नुअघि किन दिनुपर्छ अग्रिम सूचना ? यस्तो धितोपत्र बोर्डको अवधारणापत्र
clickmandu.com · Wed Sep 23 14:14:13 GMT 2026

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दोस्रो बजारमा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले ठूलो परिमाणको सेयर बिक्री गर्नुपूर्व अग्रिम जानकारी दिनुपर्ने व्यवस्थासम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले असोज ७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि धितोपत्र बजारलाई अग्रिम सूचना दिनुपर्ने व्यवस्था तथा सो व्यवस्थाको औचित्य, अन्तर्राष्ट्रिय अभ्यास तथा प्रस्तावित नियामकीय ढाँचा सम्बन्धी अवधारणापत्र, २०८३ सार्वजनिक गरेको हो ।
यसअघि बोर्डले गत भदौ ९ गते धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ (१) अनुसार निर्देशन जारी गर्दै नयाँ नियम लागू गरेको थियो । जसअनुसार नेप्सेमा सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा १५ दिन अगावै कम्पनीलाई जानकारी गराउनुपर्ने र कम्पनीले सो सूचना नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)