आजदेखि सुरु गरेको दुबई-पोखरा-दुबई नियमित उडान
barnanmedia.com · Wed Sep 23 14:10:54 GMT 2026

फ्लाई दुबईले आजदेखि सुरु गरेको दुबई-पोखरा-दुबई नियमित व्यावसायिक उडान अन्तर्गत दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज आज साँझ ६:१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
एक सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी र पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थलमा उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)