धनुषामा मोटरसाइकल दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु
ratopati.com · Sat Mar 04 22:51:00 GMT 2023
जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । शनिबार साँझ करिब साढे ८ बजेको समयमा जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ४ सपहिमा भएको दुर्घटनामा स्थानीय ६० वर्षीय सत्य साह र ४५ वर्षीय राम एकवाल साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
महेन्द्रनगरबाट जनकपुरतर्फ गइरहेको ट्र्याक्टरलाई पछाडिबाट मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक र त्यसमा सवार अर्का एकजनाको मृत्यु भएको डिएसपी गौतमले जनाए । दुर्घटनामा सपहीको जानकी पोल इण्डस्ट्रीजको अगाडि ज १० प ६४२९ नम्बरको मोटरसाइकलले ज १प ४५५२ नम्बरको ट्याक्टरमा पछाडिबाट ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)