बागमतीको दूध कारखानामा बेथितिः ६ मन्त्री चुपचाप, सातौंको हातमा साँचो
rajdhanidaily.com · Wed Aug 13 23:19:16 GMT 2025

काठमाडौं । बा गमती प्रदेशको दुग्ध विकास बोर्डअन्तर्गत सञ्चालन हुने गरी ५२ करोड रुपैयाँ लगानी भएर अलपत्र दूध कारखाना सञ्चालन गर्र्ने जिम्मेवारी नयाँ कृषिमन्त्रीको काँधमा आएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री मधुसूदन पौडेलको नियुक्तिसँगै प्रदेशभित्रको कृषि क्षेत्रका बेथिति निवारणको चुनौती उनको काँधमा आएको हो ।
तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र कृषिमन्त्री दावा दोर्जे लामाको सक्रियतामा कार्यक्रम छनौट र कार्यान्वयनमा तीव्र पारिएको उद्योग स्थापना कार्यक्रममा देखिएका अनियमितताको जिम्मेवारी कृषि मन्त्रालय र दुग्ध विकास बोर्डको काँधमा आएको छ । नेकपा एमालेका नेता तथा कृषिमन्त्री मधुसूदन पौडेल र एमालेकै तर्फबाट नियुक्त भएका दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलमाथि उद्योग सञ्चालनको वातावरण बनाउनुपर्ने जिम्मेवारी आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)