प्रधानमन्त्री बालेन न्युयोर्कमा, महासभामा सम्बोधनअघि खनालको कूटनीतिक दौडधुप
himalpress.com · Wed Sep 23 14:16:39 GMT 2026

न्युयोर्क – राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कतार हुँदै न्युयोर्क आइपुगेका छन्। कतारको दोहा हुँदै बुधबार न्युयोर्क आइपुगेका प्रधानमन्त्री बालेनले बिहीबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यो उनको प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमणसमेत हो।
प्रधानमन्त्री बालेन विना तामझाम न्युयोर्क आएका हुन। उनको आगमनसँगै नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डल महासभाको मुख्य चरणमा प्रवेश गरेको छ। प्रधानमन्त्रीले बिहीबार नै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन् र त्यसपछि महासभाको बहसलाई सम्बोधन गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)