जापानले बाढी प्रभावितका लागि डब्लुएफपीलाई १० लाख अमेरिकी डलर सहयोग गर्ने
annapurnapost.com · Wed Sep 23 14:16:14 GMT 2026

काठमाडौं : जापान सरकारले नेपालका हालैका विनाशकारी बाढीबाट प्रभावित समुदायलाई आपत्कालीन खाद्य सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ।
बुधबार जारी संयुक्त विज्ञप्तिअनुसार उक्त सहयोगबाट रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावितलाई तत्काल खाद्य सहायता उपलब्ध गराइनेछ। नेपाल सरकारको नेतृत्वमा भइरहेको मानवीय उद्धार तथा राहत कार्यका लागि आवश्यक व्यवस्थापकीय सहयोगमा पनि रकम प्रयोग गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)