मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई अन्नपूर्ण केबलकारमा छूट

abhiyandaily.com

काठमाडौं (अस) । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीले पोखराको अन्नपूर्ण केबलकारमा ५० प्रतिशत छूट पाउने भएका छन् । विद्यार्थीलाई केही समयका लागि रमाइलो गराउने उद्देश्यले उक्त छूटको घोषणा गरिएको कम्पनीले बताएको छ । उक्त छूट लिन विद्यार्थीले यस वर्ष कक्षा १२ मा सहभागी भएको परीक्षाको प्रवेशपत्र अनिवार्य देखाउनुपर्नेछ । यो योजना २६ जेठदेखि ३ असारसम्म कायम रहने कम्पनीको भनाइ छ । पोखराको सेती बगरदेखि सराङ्कोटसम्म सञ्चालनमा रहेको उक्त केबलकारबाट करीब १० मिनेटमा सेती बगरदेखि सराङ्कोट पुग्न सकिने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)