नेपालमा कोभिड १९ को 'केपी' सब भेरियन्ट पुष्टि
Ujyaaloonline.com · Fri May 24 23:30:33 UTC 2024

काठमाण्डाै – नेपालमा कोभिड–१९ को नयाँ 'सब भेरियन्ट' केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड–१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी 'वान' र १७–जनामा केपी 'टू' पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ले जनाएको छ । यस्तै एक जनामा केपी 'थ्री' र एक जनामा केपी 'फो' सब भेरियन्ट देखिएको छ ।
यसअघि नेपालमा ओमिक्रोन भेरियन्टको जे एन भेरियन्टको विभिन्न सब भेरियन्ट पुष्टि भएको थियो । पछिल्लो समय देखिएको केपी सब भेरियन्ट भने सिङ्गापुरलगायत केही देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)