झुम्साको पानी एक वर्षभित्रै बुटवल झारिँदै
ekantipur.com · Sat May 25 00:16:50 UTC 2024
बुटवल — बुटवलमा खानेपानी ल्याउने गरी २८ वर्षअघि सुरु गरिएको बहुप्रतीक्षित झुम्सा–बुटवल खानेपानी आयोजनाको कामले गति लिएको छ । अबको एक वर्षभित्रै बुटवलमा खानेपानीको माग पूरा हुने गरी कामको गति बढाइएको खानेपानी संस्थानले जनाएको छ ।
सरकारले २०५२ देखि नै बुटवलवासीको खानेपानी समस्या समाधान गर्न पाल्पाको तिनाउ गाउँपालिकास्थित दोभानको सिस्ने खोलाबाट पानी ल्याउने योजना अघि सारेको थियो । मुहानमा भएको विवाद, बजेट अभाव, सडक विस्तार, कोभिडलगायतले आयोजनालाई लामो समय प्रभावित बनाएको संस्थानको भनाइ छ । बुटवलका बासिन्दा अहिले हिउँदमा पानी नै नपाउने र वर्षातको समयमा धारामा आउने धमिलो पानी प्रयोग गर्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)