मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राजस्थानलाई हराउँदै हैदराबाद आइपीएल क्रिकेटको फाइनलमा

Ujyaaloonline.com · Sat May 25 00:25:02 UTC 2024

काठमाण्डौ – सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो ।

हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रन मात्रै बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)