चितवनमा घरजग्गाकाे कारोबारमा गिरावट
nepalhomes.com · Wed Nov 02 16:12:33 GMT 2022
भरतपुर । चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो छ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको हो ।
गत वैशाखदेखि असोजसम्मको तथ्यांकअनुसार चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले बताए । बैंकबाट कर्जा पाउन कठिन र ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार सिथिल बनेको उनको भनाइ छ । उनका अनुसार यो महिना त झन् २० प्रतिशत मात्र घरजग्गाको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)