अटोमोबाइल व्यवसायी मेघराज पौडेललाई महासङ्घको यातायात समितिको उपसभापतिको जिम्मेवारी
ratopati.com · Wed Sep 23 14:37:55 GMT 2026

काठमाडौँ। अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ ।
महासङ्घले कार्यकारिणी समिति सदस्य लिलेन्द्रप्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो । महासङ्घले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासङ्घका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव र सक्रियताबाट योगदान पुग्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)