पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण
nepallive.com · Wed Sep 23 14:42:46 GMT 2026

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको नयाँ अध्याय सुरु भएको छ। फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक उडान बुधबार साँझ ६ः१८ बजे पोखरा अवतरण गरेको हो।
दुबईबाट १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान १ सय १३ यात्रु लिएर पोखरा आएको हो। विमानस्थलमा पानीको फोहरासहित विमानको स्वागत गरिएको थियो भने यात्रुलाई खादा, माला र उपहारसहित स्वागत गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)