नेपालगन्जका टुर्स एण्ड ट्राभल्स इजाजतबिना सञ्चालन
ratopati.com · Thu Dec 11 19:27:55 GMT 2025

बाँके। नेपालगन्जका अधिकांश टुर्स एण्ड ट्राभल्सहरू इजाजतबिना सञ्चालन भएको पाइएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले बिहीबार नेपालगन्जमा गरेको अनुगमनका क्रममा यहाँका सातवटा टुर्स एण्ड ट्राभल्सहरू त्यसरी सञ्चालन भएको पाइएको हो ।
खासगरी नेपालगञ्ज क्षेत्रका १५ वटा टुर्स एण्ड ट्राभल्समा अनुगमन गर्दा केदारनाथ टुर्स एण्ड ट्राभल्स, बद्रीनाथ टुर्स एण्ड ट्राभल्स, दुर्गेश्वरी ट्राभल्स प्रालिलगायत इजाजतबिना सञ्चालन भएको पाइएको पर्यटन डिभिजन कार्यालयका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)