कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसम पूर्वानुमानबारे जानकारी
ratopati.com · Wed Sep 23 14:48:10 GMT 2026

काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी लिएका छन्।
बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा.अर्चना श्रेष्ठसँग उनले मौसमी अवस्थाको प्रक्षेपण र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)