राजनीतिक दाउपेचले रोकियो ६५ विद्यालयमा नर्सको पदपूर्ति
ratopati.com · Wed Sep 23 14:46:50 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारका तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेको पालामा विद्यालयमा नर्सिङ सेवाको सुरुवात गरे । घिमिरेको उक्त कदमका कारण प्रदेशका हजारौं विद्यार्थीहरूले विद्यालयमै सामान्य बिरामी पर्दा परामर्श लिन सहज भएको थियो ।
तर, अहिले त्यो सेवा पनि प्रभावित हुन थालेको छ । प्रदेश सरकार परिवर्तन र सत्ता गठबन्धनको फेरबदलसँगै ‘विद्यालय नर्सिङ सेवा कार्यक्रम’ राजनीतिक दाउपेचको सिकार बनेको छ । यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको समयमा नियुक्ति पाएका नर्सहरूलाई पाखा लगाउँदै पछिल्लो राजनीतिक समीकरण (एमाले–नेकपा) अनुकूल नर्सहरूलाई भर्ती गर्ने स्वार्थका कारण विद्यालय नर्स नियुक्ति प्रक्रिया एकाएक रोकिएको छ, जसका कारण हजारौँ विद्यार्थीले पाइरहेको स्वास्थ्य सेवा अहिले बन्द छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)