महासंघका थप दुई विषयगत समितिले पाए पूर्णता : व्यावसायिक समस्या समाधान र नीतिगत सुधारमा जोड
clickmandu.com · Wed Sep 23 14:48:37 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका थप दुई विषयगत समितिमा सहसभापति, सदस्य तथा सल्लाहकारहरू मनोनित भएका छन् । महासंघअन्तर्गतको ‘स्थल यातायात तथा पारवहन समिति’ र ‘सूचना तथा सञ्चार प्रविधि विकास समिति’ मा पदाधिकारी तथा सदस्यहरू मनोनयन भएसँगै दुवै समितिले पूर्णता पाएका हुन् ।
महासंघ सचिवालय टेकुमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मनोनित पदाधिकारी तथा सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)