अबको प्राथमिकता प्रतिनिधिसभा पुनःस्थापना होइन, एमालेलाई जनताबीच पुनःस्थापित गर्नु हो- सचिव कार्की
nepalpress.com · Wed Sep 23 14:50:10 GMT 2026

काठमाडौँ । नेकपा एमालेका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट नयाँ जनादेश प्राप्त भइसकेकाले अब प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दाभन्दा एमालेलाई जनताबीच पुनःस्थापित र सुदृढ गर्ने दिशामा अघि बढ्नुपर्ने बताएका छन् ।
पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै कार्कीले अबको प्रमुख राजनीतिक कार्यभार स्थानीय तहको निर्वाचनको तयारी भएको बताए । त्यसअघि पार्टी पङ्क्तिलाई व्यवस्थित, सक्रिय र एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)