यामाहाको नयाँ मोटरसाइकल XSR155 नेपालमा सार्वजनिक
nepalviews.com · Wed Sep 23 14:59:50 GMT 2026

काठमाडौं । यामाहा नेपालले भृकुटीमण्डपमा जारी ‘ब्लू फेस्ट’ एक्सचेन्ज मेलामा नयाँ मोटरसाइकल XSR155 सार्वजनिक गरेको छ । कम्पनीले नेपाली बजारमा यसको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ तोकेको छ ।
असोज ५ देखि १० गतेसम्म सञ्चालन भइरहेको मेलामा ग्राहकले पुराना सवारीसाधनको मूल्यांकन तथा एक्सचेन्ज, अन-द-स्पट फाइनान्स र ४० महिनासम्मको किस्ताबन्दी सुविधा पाउनेछन् । मेलामा टेस्ट राइड, नगद छुट तथा विभिन्न उपहारको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)