नेपाली कांग्रेस काठमाडौँ महानगर सभापतिमा निर्वाचित सुसन वैद्य को हुन् ?
ratopati.com · Wed Sep 23 15:01:53 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको सभापतिमा ई. सुसन वैद्य निर्वाचित भएका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।
पेसाले आर्किटेक्ट इन्जिनियर उनी यसअघि पार्टीको काठमाडौँ महानगर सचिव थिए । २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी हुँदै उनले राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसबखत प्रहरीले चलाएको गोली लागेर उनी घाइतेसमेत भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)