मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसको प्रतिष्ठा पोखरामा

ekantipur.com · Fri May 06 00:50:01 GMT 2022

पोखरा — उम्मेदवारहरूका दैनिकी हिजोआज साह्रै व्यस्त र थकानपूर्ण छन् । सखारै उठ, समर्थकहरू जम्मा पार, र्‍याली निकाल, टोलटोल धाऊ, वडा–वडामा पुगेर सभाहरू गर र थाकेर घर फर्क । जतिजति चुनावको दिन नजिक आउँदै छ, उतिउति उनीहरूको दौडधुपपूर्ण चर्या बढ्दो छ । चुनावी तयारीका यी सब काम सकेर आरामको एउटा लामो सास लिँदा रात परिसक्छ । फेरि, बिहान झन् बढी व्यस्त तालिकाको दिन सुरु गर्नु छँदै छ ।

‘चुनाव आइसक्यो, जान अझै २१ वडा बाँकी छ,’ बिहीबार अपराह्न पोखरा महानगरपालिकाको वडा नं ११ स्थित फूलबारीको भानु चोकमा चुनावी सभामा सम्बोधन गर्न ठिक्क परेका एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले कान्तिपुरसँग भने, ‘साह्रै व्यस्त भएको छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)