मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्पत्ति विवरण बुझाउँदैनन् बाग्मती प्रदेश सांसद

rajdhanidaily.com · Sat Mar 18 01:02:23 GMT 2023

चुरेमकवानपुर । सार्वजनिक दायित्वको पदमा पुगेपछि पदीय सम्मानका लागि पनि इमानदारिता बचाउनु जरुरी ठानिन्छ । तर, यहाँ सार्वजनिक पदमा पुगेपछि झनै पदको दुरुपयोग गर्नतर्फ चाहिँ होडबाजी हुने गरेको देखिन्छ । यसका केही उदाहरण बाग्मती प्रदेश सरकारमा रहेका सांसदले देखाएका छन् । प्रदेशको मन्त्रालयमा पनि यस्ता प्रकारका बेथिति प्रशस्तै देखिन थालेका छन् ।

बाग्मती प्रदेशमा ऐनकानुन निर्माण गर्ने सांसद तथा मन्त्रीहरूले नै कानुन मिच्ने गरेको भेटिएको छ । कानुन निर्माणको क्रममा आफैं सहभागी हुने र सोही कानुन कार्यान्वन गर्ने क्रममा भने आफैंपछि हट्दा कार्यान्वनको प्रभावकारिता कस्तो रहला ? प्रदेशका सांसद मात्रै हैनन् यस्ता कार्यमा मन्त्रीदेखि मुख्यमन्त्रीसम्म रहेका छन् । संसद्ले निर्माण गरेको ऐनकानुन पालना गर्न उनीहरूले नै अटेर गर्ने गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)