११औँ विधानमाथि ओलीको पश्चगमन
barnanmedia.com · Sun Dec 14 22:46:09 GMT 2025

भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा भएको नेकपा एमालेको दोस्रो विधान महाअधिवेशनले अनुमोदन गरेको विधान तीन महिनामै संशोधन भयो । एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार भृकुटीमण्डपमा बसेको पार्टीको अन्तिम केन्द्रीय समिति बैठकले विधान महाधिवेशनले अनुमोदन गरेको विधानलाई संशोधन गर्ने निर्णय गर्यो ।
बैठकमा १९ जना पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समिति बनाउने अध्यक्ष केपी ओलीले गरेको प्रस्ताव बहुमतले अनुमोदन भएको थियो । पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने प्रस्तावप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका नेताहरूले आपत्ति जनाएका थिए । विधान महाधिवेशनले १५ जना पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय समिति बनाउने क्रान्तिकारी प्रस्ताव महाधिवेशन हलले अनुमोदन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)