न्यूयोर्कबाट फर्केर हेर्दा नेपालको मानव अधिकार यात्रा
nepalpress.com · Wed Sep 23 15:07:26 GMT 2026

मानव अधिकारका विषयमा काम गर्ने क्रममा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी हुनु मेरा लागि नयाँ अनुभव होइन । संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालयमा हुने उच्चस्तरीय राजनीतिक मञ्चलगायत विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा यसअघि पनि सहभागी हुने अवसर पाएको छु। तर यस पटकको सहभागिता केही फरक, केही विशेष र धेरै अर्थमा आत्ममन्थन गर्ने खालको रह्यो ।
सन् २०१८ मा अमेरिकी सरकारको इन्टरनेशनल भिजिटर लिडरसिप प्रोग्रामअन्तर्गत मानव अधिकार तथा अभियन्ता एड्भोकेसीसँग सम्बन्धित अन्तर्राष्ट्रिय नेतृत्व कार्यक्रममा छनोट भएको थिएँ । उतिबेला करिब तीन सातासम्म अमेरिकाका विभिन्न राज्यमा पुगेर मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्था, नागरिक समाज, सरकारी निकाय र अभियन्ताहरूसँग अन्तरक्रिया गर्ने अवसर प्राप्त भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)